काठमाडौं । प्रतिनिधिसभाले संसदीय सुनुवाइ समितिको सदस्यमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको नाम अनुमोदन गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले सभामुखको आसनबाट कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेको स्थानमा खतिवडालाई समितिको सदस्य बनाउने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्तावलाई सदनले सर्वसम्मत अनुमोदन गरेको हो ।

advertisement

यससँगै, अब सुनुवाइ समिति सदस्यमा कांग्रेसका रामहरि खतिवडाको नाम औपचारिक रूपमा स्वीकृत भएको छ ।

यसअघि खतिवडा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति थिए । उनले उक्त पदबाट राजीनामा दिएपछि रिक्त स्थानमा कांग्रेसकै सांसद ईश्वरीदेवी न्यौपाने निर्वाचित भएकी हुन् ।

न्यौपाने पहिले सुनुवाइ समितिको सभापति रहेकी थिइन् । तर, राज्य व्यवस्था समितिको सभापति बनेसँगै उनी सुनुवाइ समितिबाट स्वतः हटेकी हुन् । त्यसैले उनको स्थानमा खतिवडालाई सदस्यमा नियुक्त गरिएको हो ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com