धनुषा ।  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।

ब्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामद्वारा श्री बललभद्र जयन्ती पुजन समारोहलाई आज जनकपुरधाममा सम्बोधन गर्नुहुँदै उहाँले धार्मिक चेतना र सामाजिक एकता बलियो बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए ।

advertisement

उनले भने, “बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइ रहन्छ ।” प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेकोे उल्लेख गरे ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले समारोहमा शुभकामना मन्तव्य दिँदै नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमप्रति सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: १३ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com