काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीरगञ्जमा आयोजित वृहत् महिला सम्मेलनमा सहभागी भएकी छन्। वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार सम्मेलन आयोजना गरेको हो।
भण्डारी सिमरा विमानस्थल अवतरण गरेर सडकमार्ग हुँदै वीरगञ्ज पुगेकी थिइन्। विमानस्थलमै उनलाई करिब २० किलो तौलको मालाले स्वागत गरिएको थियो।
एमाले नेतृत्वले कार्यक्रममा सहभागी नहुन निर्देशन दिए पनि पार्टीका स्थायी समिति सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, मधेश प्रदेश सचिव मनोज पौडेल, वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्मा र जितपुर सिमरा उपमहानगरका उपमेयर भोलाप्रसाद अधिकारीलगायत कार्यकर्ताहरू विमानस्थलमै उपस्थित भई भण्डारीलाई स्वागत गरेका थिए।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया