काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगर प्रहरीलाई व्यक्तिको नभई संस्थाको प्रतिनिधि भएर काम गर्न सुझाव दिएकी छिन्।
शनिबार राजधानीमा आयोजित ३३ औँ महानगर प्रहरी दिवसको अवसरमा बोल्दै उनले महानगर प्रहरीको कार्यशैली मेयरको मात्र निर्देशनमा सीमित हुन नहुनेमा जोड दिँदै फिल्डमा खटिँदा संस्थागत भूमिकामा रहनुपर्ने बताइन्।
उनले कानुनी शासनको प्रतिनिधित्व गर्ने मानक कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै, काठमाडौँ महानगरपालिकामा सुशासन स्थापना गर्ने उदाहरण बन्न नगर प्रहरीलाई आग्रह गरिन्।
प्रकाशित मिति: १४ भाद्र २०८२, शनिबार












प्रतिक्रिया