काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले संविधान जारी भएपनि यसको कार्यान्वयनमा ठूला ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले संविधान लागू गर्न आवश्यक २७ भन्दा बढी संघीय ऐन अझै बन्न बाँकी रहेको बताए।
यादवले भने, ‘संविधानले मौलिक हक, संघीयता र समावेशिता कार्यान्वयन गर्न कानुन बनाउने प्रावधान राखेको थियो, तर दशक बित्दा पनि अधिकांश कानुन बन्न सकेका छैनन्।’
उनले धारा ४०, ४२, ५६ लगायतका अधिकार कार्यान्वयन गर्न कानुन नबनेको, संघ, प्रदेश र स्थानीय तहबीचको क्षेत्राधिकार मिलाउन कानुनको अभाव रहेको र संविधान संशोधनको काम पनि प्रगतिविहीन रहेको औँल्याए।
उपेन्द्रले प्रश्न गरे, ‘जनताले संविधानमा पाएको मौलिक हक कहिले प्रयोग गर्ने ? आवश्यक संरचना र कानुन कहिले तयार हुन्छ ?’
प्रकाशित मिति: १५ भाद्र २०८२, आइतबार












प्रतिक्रिया