काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही- ३ मा हुने उपनिर्वाचनका लागि अघि सारेका उम्मेदवार डा. लेखजंग थापाले पत्रकार सम्मेलन गर्दैछन् ।

आगामी कात्तिक १७ गते हुने गइरहेको उपनिर्वाचनका लागि रास्वपाले आइतबार थापालाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेको थियो ।

advertisement

थापाले दिउँसो २ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट र अन्तरक्रिया गर्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म पार्टी तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएका थियो ।

सो प्रक्रिया अन्तर्गत थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनका लागि चयन गरेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com