काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई सशक्त र निर्णायक बनाउन यसको नीति नै राष्ट्रको नीति बन्ने स्तरसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।

सोमबार नेता आनन्द पोखरेलद्वारा लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भने, ‘जबसम्म एमालेको नीति राष्ट्रको नीति बन्न सक्दैन, तबसम्म पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति भन्न सकिँदैन।’

advertisement

उनका अनुसार एमाले अहिले सरकारको नेतृत्वमा भए पनि विभिन्न विचारधाराका दलसँग सहकार्य गरेर मात्र सत्ता सञ्चालन भइरहेको छ, जसकारण पार्टीको नीति सीधै राष्ट्रको नीति बन्न सकेको छैन।

महासचिव पोखरेलले राजनीतिक क्रान्तिले राज्यसत्ताको चरित्र स्पष्ट पार्न नसकेको उल्लेख गर्दै वर्गीय नेतृत्वको प्रश्न अझै खुला रहेको बताए। उनले भने, ‘क्रान्तिपछि कुन वर्गको नेतृत्व रहने भन्ने निर्णय हुनुपर्ने हो, तर हाम्रो राजनीतिक क्रान्तिले त्यो गर्न सकेको छैन। त्यसैले आगामी चुनावलाई वर्गसंर्घषको प्रमुख साधनका रूपमा बुझिनुपर्छ।’

तर पछिल्लो समय चुनावलाई वर्गसंर्घषभन्दा पनि अवसर प्राप्त गर्ने साधनका रूपमा मात्र बुझ्ने प्रवृत्ति बढेको भन्दै उनले चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com