काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयमा पार्टीले अन्ततः निर्णय सच्याउने दाबी गरेका छन्। उनले भने, यस अघि निर्णय सच्याएसम्म आफूहरू सक्रिय रहिरहनेछन्।

सोमबार सञ्चारकर्मीहरूसँगको अन्तर संवादमा पाण्डेले भण्डारीको सदस्यता नवीकरणबारे एमाले केन्द्रीय कमिटीको पछिल्लो बैठकले रोक लगाएको भए पनि उनी फरक मत राखेको बताए। ‘पार्टीमा मेरो मत सर्कुलर नभए पनि मैले स्मरण गराएको थिएँ,’ उनले भने।

advertisement

पाण्डेले स्पष्ट पारे, ‘विद्या भण्डारीको प्रवेशलाई पार्टीले रोक्ने जस्तो लाग्दैन। पार्टीले अन्ततः यस विषयमा सुधार गर्ने अवस्था आउँछ भन्ने आशा छ।’

उनले थपे, ‘एमालेका सदस्य नै सबैभन्दा ठूलो शक्ति हुन्। सदस्यहरूको निर्णय भएपछि कुनै नेताको मनपरी चल्दैन। जहाँबाट पनि स्थिति फेरिन बाध्य हुन्छ।’

उपाध्यक्ष पाण्डेले एमाले एकतर्फ अघि बढिरहँदा अर्कोतर्फ बहस र छलफल पनि सँगसँगै जारी रहने बताए। ‘हामी एउटै बाटोबाट अघि बढ्दा पनि अर्को बाटोको बहस पनि गरिरहेका हुन्छौं। यसैले पार्टीले धेरै आन्दोलन र परिणाम हासिल गर्न सक्षम भएको हो,’ उनले भने।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com