काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापान भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् ।

पाँच दिने जापान भ्रमण सकेर नेपाल फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भ्रमणबाट जापानमा भएका नेपालीहरु धेरै नै खुसी भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको बताएका छन्।

प्रचण्डले भने, ‘विकास साझेदारमा जापान अघि छ । जापानले नेपाललाई गरेको सहयोगप्रति आभार प्रकट गर्‍यौं । प्रचण्डले भने,‘फोहोर व्यवस्थापनमा सायद संसारकै अग्रणी रहेछ जापान । कतै फोहोर नदेखिने बनाएका रहेछन्।  फोहोर व्यवस्थापनमा तत्काल सहयोग चाहियो भनेर हामीले माग गर्‍यौं ।’

प्रचण्ड पाँच दिन अघि जापानको फुकुओकामा आयोजना भएको नेपाल फेस्टिभलको समुद्घाटन कार्यक्रमका लागि जापान गएका थिए ।

प्रकाशित मिति: २५ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com