काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा)का पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रूपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचनलाई सामान्य मात्र नभई ऐतिहासिक महत्वको बन्न सक्ने टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत उनले उपनिर्वाचनको नतिजाले संसदीय अंकगणित वा सरकारको स्थिरतामा प्रत्यक्ष प्रभाव नपार्ने भए पनि नयाँ र वैकल्पिक शक्तिहरूले अवसरका रूपमा लिन सक्ने उल्लेख गरेका हुन् ।

advertisement

“यदि नयाँ र वैकल्पिक शक्तिहरूले सुझबुझपूर्ण ढंगले जनताको पुराना शक्तिप्रतिको निराशा र आक्रोशलाई अग्रगामी विकल्पमा परिणत गर्न सके भने यो २०८४ को आम निर्वाचनका लागि राम्रो रिहर्सल बन्न सक्छ,” भट्टराईले भनेका छन् ।

उनले नयाँ शक्तिका नेताहरूसँग साझा उम्मेदवार उठाउन र जनभावनालाई कदर गर्न आग्रह पनि गरेका छन् ।


रूपन्देही-३ को उपनिर्वाचन सामान्य चुनाव हो र हैन पनि- डा. बाबुराम भट्टराई

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com