काठमाडौं । नेकपा एमालेले विधान अधिवेशन तयारीका लागि सचिवालय बैठक बोलाएको छ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, सचिवालय बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकको मुख्य उद्देश्य भदौ २०–२२ मा हुने विधान अधिवेशनको तयारी गर्नु रहेको छ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुनेछ।
यसअघि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको थियो। गौतमले भने, ‘केन्द्रीय कमिटी बैठक एकपटक भइसकेको छ, अब अर्को बैठक बस्ने सम्भावना छैन। विधान अधिवेशनको तयारी चाँडै सक्नुपर्ने भएकाले केन्द्रीय कमिटी बैठक बस्न नसकेको हो।’
पार्टीले सचिवालय बैठकमार्फत अधिवेशनका लागि अन्तिम तयारी पुरा गर्ने योजना बनाएको छ।
प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया