दार्चुला । चीन सिमानासँग नजिक रहेको दार्चुलाको व्यास गाउँपालिका-१ तिङ्करमा तीन सातादेखि टेलिफोन सेवा ठप्प भएको छ। गत साउन २८ गते आएको बाढी र चट्याङका कारण नेपाल टेलिकमको टावरमा समस्या देखिएपछि सम्पूर्ण सञ्चार सेवा बन्द भएको हो।

तिङ्करमा नेपाल टेलिकमको २जी मोबाइल सेवा सञ्चालनमा थियो। तर, चट्याङ लागेर टावर क्षतिग्रस्त भएपछि गाउँले सम्पर्कविहीन बनेका छन्। स्थानीय आस्तिक तिङ्करीका अनुसार भिसेट फोन भए पनि लगातारको वर्षाका कारण त्यसले पनि राम्रोसँग काम गरेको छैन।

advertisement

७० परिवार बसोबास गर्ने यो गाउँका बासिन्दा गत जेठमा सदरमुकाम खलङ्गाबाट कुञ्चा (बसाइँ) सरेका थिए। वडा सचिव विनोदसिंह बुढाथोकीले टावर बिग्रिएपछि साउन २८ गतेदेखि स्थानीयहरूसँगको सम्पर्क विच्छेद भएको जानकारी दिए। यहाँका बासिन्दा हिउँद सुरु भएपछि, मङ्सिरतिर फेरि खलङ्गा झर्ने गर्छन्।

नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङका अनुसार टावरमा जडान गरिएको सफ्टवेयरमै समस्या देखिएको हुनसक्छ। “समस्या समाधानका लागि केन्द्रीय कार्यालयलाई जानकारी पठाइसकेका छौँ। सेवा चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ,” उनले बताए।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com