काठमाडौं । पछिल्लो समय गठबन्धनको एक घटक जसपाबाट अलग भएको डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीदेखि महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सम्म सत्तारूढ गठबन्धनसँग जोडिने पक्षमा छन् ।

भट्टराईले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेरै ‘गठबन्धनमै रहने’ चाहना व्यक्त गरेका थिए भने लोसपा नेतासँग पनि देउवाको बाक्लो भेटघाट भइरहेको छ ।

यसैगरी, नेकपा एमालेबाट अलग भएर बामदेव गौतमले नेतृत्व गरेको दल पनि सत्तारूढ गठबन्धनसँगै मिलेर आगामी निर्वाचनमा होमिने पक्षमा छ भने गौतमसँग छुटेर समाजवादी केन्द्र गठन गरेका युवराज सफलले आप्mनो समूहलाई ‘पाँच दलीय गठबन्धनमा समेट्न’ भन्दै प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवासँग आग्रह गर्दै निवेदन नै दिएका छन् ।

सफलले मंगलबार विज्ञप्ति जारी गर्दै ‘प्रधानमन्त्री देउवा र कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा पाँच दलीय सत्ता गठबन्धनमा सहभागी भई आगामी निर्वाचनमा जोडिने’ विषयमा छलफल भएको बताएका थिए ।

 

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com