काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगदसहित तास र मोबाइल फोन बरामद गरिएको छ।

काठमाडौं महानगरपालिका–४ स्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा खेल भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त मालीगाउँबाट खटिएको टोलीले आइतबार बिहान करिब २ बजे छापा मारेको थियो।

प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा फेला परेका नौ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूको साथबाट नौ बुक तास र १० थान मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी रहेका छन्।

प्रकाशित मिति: २२ कार्तिक २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com