काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दलीयकरण गरिएको भन्दै कठोर आलोचना गरेको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद हरि ढकालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्ता पक्षको नियन्त्रणमा रहेको आरोप लगाए। उनले भने, “अख्तियार दलीयकरण गरिएको छ र सत्ताधारी दलको साइजमा राखिएको छ। ०८४ पछि यस्तो स्थिति कायम नरहनेछ।”

advertisement

सांसद ढकालले भिजिट भिसा प्रकरणमा ९५ दिनदेखि सदनमा आवाज उठाइरहे पनि सत्ता पक्षले कुनै प्रतिक्रिया नदिएको पनि आरोप लगाए। उनले दलीयकरणका कारण लोकतन्त्रमाथि छाँया परेको र विरोधको आवाजलाई दबाएर लोकतन्त्र बचाउन सकिने अवस्था नरहेको बताए।

ढकालले ०८४ मा आम नागरिकले यस्तो प्रकारको राजनीतिक शैलीको चेतना राखेको स्मरण गराउँदै, लोकतन्त्र सुरक्षित गर्न सबै पक्षले सजग हुनुपर्ने जोड दिए।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com