काठमाडौं । सरकारले विमानस्थलबाट चरा धपाउने प्रयोजनका लागि गुलेली र मट्याङ्ग्रा किन्न ३ लाख बजेट बिनियोजन गरेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलका लागि चरा धपाउने प्रयोजनमा प्रयोग हुने गुलेली र मट्याङ्ग्रा तथा जाली खरिदमा ३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

प्राधिकरणका अनुसार पोखरा नागरिक उड्डयन प्राधिकरणका लागि १ लाख र वन्यजन्तु तथा चराचुरुङ्गी धपाउन तथा गुलेली मट्याङ्ग्रा खरिद तथा ट्रापर मर्मत गर्न त्रिभुवन विमानस्थलमा २ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसभन्दा धेरै ठूलो रकम भने शिकारी खर्चमा हुने गरेको छ।

प्राधिकरणका अनुसार यस वर्ष शिकारी खर्चमा पोखरामा मात्र ४० लाख रुपैयाँ खर्च हुने भएको छ । त्रिभुवन विमानस्थलका लागि भने २७ लाख रुपैयाँ शिकारी खर्च विनियोजन भएको प्राधिकरणको वार्षिक बजेटमा उल्लेख छ । त्रिभुवन विमानस्थलमा चरा तथा वन्यजन्तु धपाउन आधुनिक उपकरण तथा डिभाइससहित शिकारी समेत खटाउने गरिएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com