काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नामक समूहसँग भोलि काठमाडौंमा हुन लागेको आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन्। उनले आन्दोलनमा चैत १५ गते जस्तो दमन नहोस भनेर सरकारलाई चेतावनीसमेत दिएका छन्।

सामाजिक सञ्जाल बन्दको विरोधमा आयोजना हुन लागेको स्वतःस्फूर्त आन्दोलनमा प्रसाईँको सहभागीता यसै सन्दर्भमा विशेष ध्यान आकर्षित गरेको छ। उनले तीन वर्षअघि उठाएको आवाज आज फेसबुक, टिकटक लगायत सम्पूर्ण सञ्चार माध्यमले दोहोर्‍याएको भन्दै खुशी व्यक्त गरेका छन्।

advertisement

प्रतिबन्धित फेसबुकमा प्रसाईँले लेखेका छन्, ‘२२ रुपैयाँको भुक्के चप्पलमा सिंहदरबार छिरेका नेताका छोराछोरी आज करोडौँ मूल्यको घडी, लाखौँको जुत्ता–चस्मा र ४० लाख रुपैयाँ पर्ने लुइ भ्यान झोला बोकेर हिँडिरहेका छन्। म विदेशसम्म—अमेरिका, युरोप, अष्ट्रेलिया, कम्बोडियासम्म भ्रष्टाचारको सम्पत्तिको प्रमाणसहित आवाज उठाउँदा कारागार धकेलियो। राजनीतिक दल र सञ्चार जगतले मलाई हेला गरे, तर आज जनचेतना जाग्दै गएको देख्दा खुशी लाग्छ।’

प्रसाईँको भनाइ अनुसार, यो आन्दोलन सत्य र न्यायको पक्षमा जनचेतना जगाउने अभियानको रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com