काठमाडौं । दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयविरुद्ध पत्रकारहरूले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यसहितको समूहले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्‍याएको भन्दै विरोध जनाएको हो। उनीहरूले विभिन्न नारा लेखिएका प्लाकार्ड बोकेर विरोध प्रकट गरेका थिए।

advertisement

सरकारले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने भन्दै गत बिहीबारदेखि दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरेको थियो। पत्रकारहरूले उक्त कदमले प्रेस स्वतन्त्रता र नागरिक अधिकार गम्भीर रूपमा प्रभावित भएको भन्दै सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएका छन्।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com