काठमाडौं । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जेड (जेनेरेसन जेड) पुस्ताले सोमबार देशव्यापी प्रदर्शन गर्ने तयारी गरेको छ। यस आन्दोलनमा सेलिब्रेटीहरूले पनि उत्साहपूर्वक समर्थन जनाइरहेका छन्।
गायक तथा अभिनेता प्रकाश सपुतले जेन–जेडका दुई जना युवा, सुनिल र सचिन भाइलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। सपुतले आफ्नो सामाजिक सञ्जाल पोस्टमा नयाँ पुस्ताद्वारा चलाइएको आन्दोलन हेर्न आफू उत्साहित रहेको उल्लेख गरेका छन्।
उनीहरूले आन्दोलनमा जान सकून् भनी गत महिना युट्युबबाट कर काटेर आएको २५–२५ हजार रुपैयाँ सपुतले दुई भाईको खातामा जम्मा गरिदिएका छन्। सपुतले लेखेका छन्, ‘जे होस्, भोली तिमीहरू जानु। मैले तिमीहरूको खातामा २५/२५ हजार रुपैया पठाइसकेको छु। अब आउँछ कि आउदैन, थाहा छैन।’
साथै, सपुतले सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको कडा भर्त्सना गर्दै यसलाई उचित नभएको बताएका छन्।
प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार












प्रतिक्रिया