काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकलाई सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
शनिबार वक्तव्य जारी गर्दै उनले लामो संघर्षपछि प्राप्त भएको संवैधानिक निकासलाई ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यो निर्वाचनले मुलुकलाई थप स्थिरता, लोकतान्त्रिक अभ्यासको सुदृढीकरण र जनताको विश्वास पुनःस्थापित गर्ने मार्ग खोल्नेछ।
राष्ट्रपति पौडेलले भनेका छन्, देश अत्यन्त कठिन र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिएपछि शान्तिपूर्ण बाटो खुलेको छ। संविधान जोगिएको छ, संसदीय प्रणाली जोगिएको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम छ। अब छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेर हामी अझ उन्नत लोकतन्त्रतर्फ अघि बढ्ने अवसर पाएका छौं।
प्रकाशित मिति: २८ भाद्र २०८२, शनिबार













प्रतिक्रिया