काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका गल्ती नदोहोर्‍याउने भन्दै भ्रष्टाचारी दण्डित भएको हेर्न चाहना राख्ने जनताले आगामी निर्वाचनमा राप्रपा नेपाललाई रोज्न आग्रह गरेका छन्।

शनिबार ललितपुरको जावलाखेलमा पार्टीद्वारा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन्। बेरोजगारी, महँगी,  धर्म परिवर्तन र कुशासनको अन्त्य गर्न जनताले अनुभूति गर्ने परिवर्तनको निमित्त विकल्पमा जानुपर्ने भन्दै उनले अहिलेको सन्दर्भमा राप्रपा नेपाल नै वैकल्पिक शक्ति भएको दाबी गरे।

advertisement

उनले वैदेशिक हस्तक्षेपको अन्त्य गर्न राप्रपा नेपाल बलियो हुनुपर्नेमा जोड दिए। नेपाली जनताले खोजेको परिवर्तन, विकास र समृद्धिको चाहना र सपना पूरा हुन नसकेको भन्दै उनले ठूला भनिने दलहरू आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएकाले मुलुकको स्वाभिमान कमजोर भएको तर्क गरे।

 

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com