काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरूले भत्किएको पार्टी केन्द्रीय कार्यालयको सोमबार अनुगमन गरेका छन्।
च्यासलस्थित कार्यालय पुगेर उनीहरूले जेनजी आन्दोलनपछि क्षतिग्रस्त बनेको संरचना प्रत्यक्ष अवलोकन गरेका हुन्। भदौ २४ गतेको आन्दोलनका क्रममा कार्यालयमा तोडफोड र आगजनी भएपछि भवन खण्डहर बनेको हो।
अनुगमनपछि महासचिव पोखरेलले भने, ‘२४ भदौको घटनामा संलग्नहरूको पहिचान गरी कानूनी कारबाही हुनैपर्छ।’ उनले त्यस्तो कार्यले राजनीतिक संगठन मात्र नभई लोकतान्त्रिक संस्कृतिमाथि नै आघात पुर्याएको टिप्पणी गरे।
प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार













प्रतिक्रिया