काठमाडौं । धरानका मेयर हर्क साम्पाङको काठमाडौंका मेयर बालेन शाहमाथि आक्रामक टिप्पणीको शृंखला रोकिएको छैन।

शाहको व्यङ्ग्यात्मक प्रेम प्रस्तावपछि झनै आक्रोशित बनेका साम्पाङले उनलाई विदेशीको कठपुतली बनेको बताएका छन्।

advertisement

आफ्नो पछिल्लो फेसबुक स्टाटसमा साम्पाङले लेखेका छन्, ‘देश जलाएर खरानीको व्यापार ! विदेशीको कट्पुतली बनेर रमाइलो गर्दै लभ को कुरा ! मुखमा राम राम बगालीमा बम्फक !’

मेयर साम्पाङले आफू अन्तरिम सरकारको नेतृत्वका लागि काठमाडौं आउनुलाई व्यक्तिगत स्वार्थ नभई राष्ट्रिय संकटमा जिम्मेवारी लिन खोजेको प्रयासको रूपमा व्याख्या गरे। तर, बालेन शाहले भने देशको पीडामा असंवेदनशील टिप्पणी गरेर विदेशीको इसारामा रमाइरहेको उनको आरोप छ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com