काठमाडौं । जेनजी आन्दोलनको मागअनुसार भ्रष्टाचारमा संलग्न रहेका तथा प्रदर्शनका दौरान भएका हत्याको छानबिनलगायतका विषयमा सरकारले शक्तिशाली आयोग बनाउने तयारी गरेको छ।

आयोग अध्यादेशमार्फत अनुमोदन हुनेछ। त्यसका निम्ति सरकारको सिफारिका आधारमा राष्ट्रपतिले मंगलबार नै राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिसकेका छन्।

advertisement

प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारलगायतका विषयमा सरकार निर्ममताका साथ कारबाहीका लागि अगाडि बढ्ने र चुनाव सम्पन्न गराउने बताइसकेकी छन्।

उनले भनेकी छन्,‘बाध्यताले जिम्मेवारी लिइएको हो। आन्दोलनमा भएका हत्या र भ्रष्टाचारका विषयमा सरकारले छानबिन गर्छ। अनि, लक्ष्यअनुसार चुनाव गराउनेछ।’

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com