काठमाडौं । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । गत भदौ २३ गते जेन–जी को भ्रष्टाचारको विरुद्ध र सशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरुले अनाहकमा सहादत प्राप्त गरेपछि आफू अत्यन्त भावविह्वल भएको उल्लेख गरेका छन् ।

राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने लागेर भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा गर्ने घोषणा गरेको स्मरण गराएका छन् । उनले आज नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको उल्लेख गरेका छन् ।

advertisement

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com