काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षामा रहेका छन्। जेन–जी आन्दोलन तीव्र भएपछि उनलाई सेनाले ब्यारेकमा लगेर सुरक्षा व्यवस्था मिलाएको हो।

सेनाले ओलीसँगै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत ब्यारेकमै राखेर सुरक्षा दिएको थियो। तर, देउवा र ओलीबाहेक अन्य पूर्वप्रधानमन्त्रीहरू सार्वजनिक भइसकेका छन्। कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली भने अझै सार्वजनिक भएका छैनन्।

advertisement

एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतका अनुसार अध्यक्ष ओलीलाई तीन दिनभित्र भव्य रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ। उनले ओलीले राष्ट्रको गौरव कायम गर्ने काम मात्रै गरेको र आत्मग्लानी हुने खालको कार्य नगरेको दाबी गरे।

बस्नेतले भने, “बढीमा तीन दिनभित्र अध्यक्ष ओली शानदार ढंगले देखिनुहुनेछ। उहाँलाई स्वागत गर्न दशौँ हजार युवाहरू जुट्नेछन्।”

यसअघि पनि प्रधानमन्त्री पदबाट अलग भएपछि ओली बाजागाजा र ¥यालीसहित बालकोटस्थित निवास फर्किएका थिए। तर, यसपटक भने बालकोट फर्किने अवस्था छैन, किनभने जेन–जी आन्दोलनका क्रममा उनकाे निवास जलेर ध्वस्त भएको छ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com