काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेलाई युवाहरूको पार्टीका रूपमा चित्रित गर्दै पार्टी सधैं युवासँगै रहेर अघि बढिरहेको बताएका छन्।
बुधबार बसेको पार्टीका विभिन्न विभागहरूको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जिल्ला स्तरदेखि केन्द्रीय तहसम्म युवाहरूको सहभागिता सुनिश्चित गर्न पार्टीले आरक्षणसमेत प्रदान गर्दै आएको उल्लेख गरे।
उनले पार्टी युवाप्रति सदैव आस्थावान् रहेको र उनीहरूकै नेतृत्वमा संगठनलाई अझ सबल बनाउन निरन्तर काम भइरहेको बताए।
प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार













प्रतिक्रिया