काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी भएर क्षतिग्रस्त बनेको सङ्घीय संसद् भवन आज अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले संयुक्त रूपमा अवलोकन गरेका छन्।

निरीक्षणका क्रममा अर्थमन्त्री खनालले आगलागीबाट नष्ट भएको संसद् भवनलाई पुरानै स्वरूपमा पुनर्निर्माण गरिने बताए। उनले भने, “यो भवनको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै, यथास्थितिमा पुनःनिर्माण गरिनेछ।”

advertisement

त्यसैगरी मन्त्री घिसिङले सिंहदरबार परिसरमै निर्माणाधीन नयाँ संसद् भवन आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिए। उनका अनुसार, निर्माण पूरा भएपछि संसद् बैठक त्यहीँ बस्ने तयारी भइरहेको छ।

‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगलागीले संसद् भवन पूर्ण रूपमा जलेर ध्वस्त भएको थियो। सोही घटनामा तीन जना नेपाल प्रहरीसहित ७३ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com