काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जा मन्त्री कुलमान घिसिङलाई भ्रष्टाचारबाट आर्जित सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाउन सुझाव दिएका छन्।
मन्त्री घिसिङले नेपालीको सहयोगबाट सिंहदरबारसहित भौतिक संरचना निर्माण गरिने बताएका सन्दर्भमा मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
साम्पाङले भ्रष्टाचारविरुद्ध कडा कारबाहीबिना नागरिकसँग सहयोगको अपेक्षा नगर्न चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘भ्रष्टहरूको बिना स्रोतको सम्पत्ति राष्ट्रियकरण गरेर त्यसबाट सिंहदरबार अर्थात् सेवा केन्द्र निर्माण गर्नुस्। तर, भ्रष्टहरूलाई कारबाही नगरी नेपालीसँग सहयोग माग्नु उचित होइन। खबरदार, यसरी गर्दा तपाईँको इमेज बिग्रन सक्छ।’

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया