काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले गठनका क्रममा केही संवैधानिक प्रक्रियामा लचिलोपन अपनाउनुपरेको स्वीकार गर्दै अब भने संविधानको अक्षरशः पालना हुने बताएका छन्।

शुक्रबार शीतल निवासमा १४ जना नागरिक अगुवासँग भेटघाटका क्रममा राष्ट्रपतिले दलहरू र आन्दोलनकारीबीचको सहमतिमा अघि बढ्ने विश्वास व्यक्त गरे। उनले अघिल्ला दिनमा प्रधानमन्त्री नियुक्ति र संसद विघटनको विषयलाई लिएर ठूलो विवाद सिर्जना भएको स्मरण गर्दै, ‘म शहीद हुन तयार छु, तर प्रधानमन्त्री नियुक्तिभन्दा अघि प्रतिनिधि सभा विघटन गर्दिनँ भन्ने अडान लिएको थिएँ,’ भने।

advertisement

संसद विघटनलाई पहिलो शर्तका रूपमा राख्दै काठमाडौं महानगर प्रमुख बालेन शाहले प्रस्ताव गरेका सुशीला कार्की पनि त्यसै अडानमा रहेकी थिइन्। तर राष्ट्रपतिले आफ्नो अडान कायम राखेपछि पहिलो चरणमा प्रधानमन्त्री नियुक्ति गरिएको र त्यसपछि उनको सिफारिसमा संसद विघटन गरिएको थियो।

राष्ट्रपतिले तत्कालीन परिस्थिति र संक्रमणकालीन बाध्यताका कारण संविधानका केही प्रावधानमा तलमाथि भए पनि अब नयाँ सरकारमार्फत पूर्ण पालना हुनेमा आश्वस्त हुने धारणा राखे।

सो अवसरमा नागरिक अगुवाहरूले निर्वाचनको तयारीमा सरकारलाई निर्लिप्त रहन आग्रह गर्दै असंवैधानिक गतिविधि नगर्न चेतावनी दिएका थिए। साथै, प्रतिनिधि सभा विघटनको अवस्थामा राष्ट्रिय सभालाई जिम्मेवारीपूर्वक परिचालन गर्नुपर्नेमा जोड दिँदै संवैधानिक संरचनामा हस्तक्षेप नगर्न राष्ट्रपतिलाई सचेत गराए।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com