काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् विघटन नगरी त्यसैबाट निकास खोज्न नसकिएको भन्दै दुःख व्यक्त गरेका छन् । संसद् भवन अनुगमनका लागि पुगेका सभामुख घिमिरेले जेन-जी आन्दोलनका क्रममा भएको घटना र संसद् विघटन दुवै ज्यादै दुःखद् रहेको बताएका हुन् । उनले अहिलेको विषयम परिस्थितिबाट उठेर ठीक ढंगबाट अगाडि जानु अहिले सबैको दायित्व हुन आउने पनि बताए ।

‘जे घटना देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुरा हो । यसबाट उठेर ठीक ढंगबाट अगाडि जानु सबैको दायित्व हो,’- उनले भने ।

advertisement

साथै, उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको अगाडि ठूलो जिम्मेवारी रहेको बताए । अहिलेको विषम परिस्थितिमा देखापरेको चुनौतिहरुलाई समाधान गर्नेगरी सरकार अगाडि बढ्न सक्नुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएको कारण गम्भीर परिस्थिति सिर्जना भएको बताए । यस घटनाको समीक्षा गर्दै देशलाई माथि उठाउनका लागि आम नागरिक लागिपर्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com