काठमाडौं । जेन–जी युवा आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका सिंहदरबार परिसरका मन्त्रालयहरूको बाहिरी भागमा पुनः रंगरोगन सुरु गरिएको छ।
आज बिहानदेखि अर्थ मन्त्रालयको बाहिरी भागमा सेतो रंग लगाउने काम जारी छ। मजदुरहरूले बाँसको उच्च भर्याङ प्रयोग गरेर रंगरोगन गरिरहेका छन्। भित्री भागको मर्मत तथा रंगरोगन भने पछि गर्ने योजना सरकारले बनाएको छ।
सरकारले जेन–जी आन्दोलनका क्रममा क्षति भएका भवनको मर्मत र पुनर्निर्माणका लागि “हाम्रा संरचना हामी आफैं बनाऔँ” अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया