काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकहरूलाई सार्वजनिक सेवा लिँदा हुने ढिलासुस्ती, घूस–रिसवत वा अन्य असुविधाप्रति सिधा गुनासो गर्न आग्रह गरेको छ।
शनिबार जारी सूचना अनुसार, कुनै पनि मन्त्रालय, कार्यालय वा निकायमा सेवाग्राहीसँग अपमानजनक व्यवहार, काम पन्छाउने, अनावश्यक दुःख–हैरानी दिने वा मोल–मोलाहिजा गर्ने कार्य भएमा तोकिएका ‘हटलाइन नम्बर’मा तुरुन्त सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक सेवामा ढिलासुस्ती, घुस–रिसवत माग्ने वा अपमानजनक व्यवहार भएमा तत्काल सम्पर्क गरी गुनासो सुन्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो प्रणालीमार्फत सेवाग्राहीको अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ।’
हटलाइन नम्बर प्रयोग गरी आएका गुनासो सम्बन्धित मन्त्रालय, निकाय वा सरोकारवालाले छिटो समाधान गर्ने जिम्मेवारी लिनेछ।
प्रधानमन्त्री कार्यालयले हटलाइन नम्बर ९८५११४५०४५ पनि सार्वजनिक गरिएको छ।
प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार













प्रतिक्रिया