काठमाडौं । भाटभटेनी समूहका सञ्चालक तथा व्यवसायी मीनबहादुर गुरुङले आवश्यक परे आफ्नो आधा सम्पत्ति राष्ट्रलाई दिन तयार रहेको बताएका छन्।

भदौ २४ गतेको आन्दोलनमा आफ्ना स्टोरहरूमा भएको ठूलो क्षतिपछि आइतबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका गुरुङले राज्यलाई सहयोग गर्न सधैं तत्पर रहेको स्पष्ट पारे। उनले भने, ‘मैले पहिले देखिनै भन्दै आएको हुँ— देशलाई जरुरत परे आधा सम्पत्ति दिन म तयार छु। आज प्रधानमन्त्रीसँगको भेटमा पनि यही कुरा दोहोर्याएँ।’

advertisement

तर व्यवसाय पुनः सञ्चालनका लागि तत्काल राज्यको राहत र सुरक्षाको ग्यारेन्टी अपरिहार्य भएको उनले जोड दिए।

भदौ २४ को तोडफोड र आगजनीमा भाटभटेनीको मुख्यालयसहित २८ स्टोरमध्ये १२ पूर्णरूपमा जलेर नष्ट भए भने नौवटा आंशिक क्षतिग्रस्त भए। बाँकी सातवटा मात्र सुरक्षित रहेका थिए। हालसम्म क्षतिग्रस्त सुपरस्टोरमध्ये केही पुनः सञ्चालनमा ल्याइएर कुल १६ स्टोर सञ्चालनमा छन्।

गुरुङले बीमा दाबी प्रक्रिया ढिलो भएको गुनासो गर्दै छिटो निष्पादन गर्न तथा सुरुमा कम्तीमा ५० प्रतिशत भुक्तानी दिलाइदिन सरकारसँग आग्रह गरेका छन्।

भाटभटेनी समूहले हाल १० हजारभन्दा बढीलाई रोजगारी दिएको छ। १२ वटा स्टोर बन्द भए पनि एक जनामात्र पनि कर्मचारी ननिकाल्ने र कुनै सेवासुविधा कटौती नगर्ने प्रतिबद्धता उनले दोहोर्याए।

वार्षिक रूपमा २७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने भाटभटेनी सुपरस्टोर अहिले आंशिक रूपमा सञ्चालनमा रहेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com