काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा केन्द्रीय समिति बैठक बस्ने जनाएको छ।
बैठकमा हालको समसामयिक राजनीतिक अवस्था, प्रदेशस्तरीय बैठकबाट आएका प्रतिवेदन र केन्द्रीय सदस्यहरूको धारणा प्रस्तुत गर्ने एजेन्डा रहनेछ। साथै, पार्टी संगठन र विभागीय संरचनाबारे समीक्षा हुने र आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रणनीति तय गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।
त्यसैगरी, पार्टी महाधिवेशनको तयारीसम्बन्धी मुद्दा पनि बैठकको प्रमुख कार्यसूचीमा समेटिएको रास्वपाले जनाएको छ।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया