काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारबाट राजनीतिक दल र नेतामाथि दबाबमूलक कदम चालिन सक्ने आशंका व्यक्त गरेका छन्।

पार्टीको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत संक्षिप्त राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमार्फत दाहालले भ्रष्टाचार अनुसन्धानको नाममा नेताकार्यकर्ता जेल हाल्ने, दलहरूमाथि प्रतिबन्ध लगाउने र संविधानलाई नै खारेज गर्ने प्रयास भइरहको संकेत गरेका हुन्।

advertisement

‘जेन–जी आन्दोलनपछि गैरदलीय सरकार गठन भए पनि लोकतान्त्रिक उपलब्धिहरूमाथि संकट टरेको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘अराजकता सिर्जना गर्ने, अन्तरिम संविधान ल्याउने, निर्वाचनलाई आफ्नो स्वार्थअनुकूल बनाउने तथा कठपुतली पात्रमार्फत सत्तामा बस्ने प्रतिगामी खेल अझै बाँकी छ।’

उनले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन निर्वाध सम्पन्न गर्ने वातावरण निर्माणलाई सबैभन्दा ठूलो प्राथमिकता दिनुपर्ने बताएका छन्। यस क्रममा समान विचार भएका शक्तिसँग एकता र सहकार्यको पहल गर्नुपर्ने उनको धारणा छ।

‘राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गर्न सबै लोकतान्त्रिक देशभक्त शक्तिसँग कार्यगत सहकार्य आवश्यक छ,’ दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन्।

वर्तमान समयलाई नेपालको राजनीतिक इतिहासकै चुनौतीपूर्ण अवस्था भन्दै उनले भनेका छन्, ‘क्रान्ति र प्रतिक्रान्तिको दोसाँधमा उभिएको यो परिस्थितिमा ठोस विश्लेषणका आधारमा नेपाली क्रान्तिको नयाँ कार्यभार पूरा गर्ने अवसर र चुनौती दुवै हामीमाझ छन्।’

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com