काठमाडौं । अर्थ मन्त्रालयले आज एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (GIOMS) सुरु गरेको छ। सो प्रणालीको शुभारम्भ अर्थमन्त्री रामेश्वर खनालले गरेका हुन्।

सरकारी कार्यालयका फाइल तथा निर्णय प्रक्रिया डिजिटल माध्यममार्फत छरितो, सहज, कागजरहित, मितव्ययी र पारदर्शी ढंगले सञ्चालन गर्ने उद्देश्यले यो प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ।

advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको GIOMS प्रणाली अब अर्थ मन्त्रालयमा अनिवार्य रूपमा प्रयोग गरिनेछ। यस प्रणालीमार्फत विद्युतीय आदेश, टिप्पणी, चिठीपत्र दर्ता तथा चलानी, हाजिरी, बिदा–काज स्वीकृति, अभिलेख व्यवस्थापन र अन्य प्रशासनिक कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरसहित सञ्चालन गरिनुपर्ने व्यवस्था गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार GIOMS कार्यान्वयनपछि निर्णय प्रक्रियामा छिटो र प्रभावकारीता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता तथा जवाफदेहिता वृद्धि हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com