काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले जेन–जी आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे प्रत्यक्ष जानकारी लिएका छन्।

शनिबार मन्त्री पुन शिक्षण अस्पताल र ट्रमा सेन्टर पुगेर घाइतेहरूको उपचारको स्थिति अवलोकन गरेका हुन्। उनले चिकित्सकसँग स्वास्थ्यसम्बन्धी विवरण लिँदै उपचारमा कुनै कमी हुन नदिन विशेष ध्यान दिन निर्देशन दिएका थिए।

advertisement

मन्त्री पुनका अनुसार, घाइतेहरूले आफूहरूले उठाएका मागका विषयमा सरकारलाई सुझाव दिएका छन्। उनले भने, ‘घाइतेहरू आफ्नो व्यक्तिगत स्वास्थ्यभन्दा बढी देशको भलोको चिन्तामा देखिन्छन्।’

ट्रमा सेन्टरमा हाल एक जना घाइते आइसियुमा उपचाररत छन् भने अन्यको अवस्था क्रमशः सुधार भइरहेको जानकारी उनले दिए। मन्त्री पुनले प्रधानमन्त्रीले घोषणा गरेका कार्यक्रम र कामको सफल कार्यान्वयनमा अन्तरिम सरकार केन्द्रित रहेको पनि बताए।

जेन–जी आन्दोलनका क्रममा दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए भने अहिलेसम्म ५० भन्दा बढी घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com