काठमाडौं । जेन–जी आन्दोलनपछिको राजनीतिक अवस्था र आगामी रणनीतिबारे छलफल गर्न नेकपा (एमाले)ले आइतबार सचिवालय बैठक बोलाएको छ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा बैठक आह्वान गरेका हुन्।
पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा देशको पछिल्लो राजनीतिक परिस्थिति, जेन–जी आन्दोलनपछि पार्टीको भूमिका, संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे विस्तृत छलफल हुनेछ।
गौतमले भने, ‘बैठकले हालको राजनीतिक परिवर्तनको मूल्यांकन गर्दै पार्टीको भावी दिशा, जनतासँगको सम्बन्ध र आगामी अभियानका बारेमा महत्वपूर्ण निर्णय लिनेछ।’
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया