काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले हालैका घटनाक्रमप्रति तीव्र असन्तोष व्यक्त गर्दै नेपाली सेनाको भूमिकामाथि प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका थापाले शीतल निवास, सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालतमा आगजनी भइरहँदा सेना रमिते बनेको टिप्पणी गरेका छन्। उनले भने, ‘सेना नाम नेपाली त छ, तर नेपाल देश र नेपाली जनताको रक्षा किन गरेन? आखिर किन चाहियो?’
थापाको यस प्रश्नलाई लिएर सामाजिक र राजनीतिक वृत्तमा बहस सुरु भएको छ। उनका अनुसार राष्ट्रका संवेदनशील संरचना जलिरहेका बेला सुरक्षाकर्मी निष्क्रिय रहनु गम्भीर विषय हो।
नेता थापाले यसबारे सरकार र सुरक्षा निकायले जवाफ दिनुपर्ने बताएका छन्।

प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












प्रतिक्रिया