काठमाडौं । अनधिकृत रुपमा सुविधा लिएर पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेश तिमल्सिनाले गाडी सरकारलाई फिर्ता गरेका छन्।

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले यस्तो जानकारी दिएका हुन्।

advertisement

कानुनमा सवारीसाधन सुविधा दिने प्रबन्ध नभएको तर लिइरहेका पूर्वसभामुख तथा राष्ट्रियसभा अध्यक्षहरूमध्य कृष्णबहादुर महरा, ओनसरी घर्तीू र गणेशप्रसाद तिमिल्सिनाज्यूले सवारीसाधन फिर्ता गर्नुभएको आधिकारिक जानकारी प्राप्त भएको खनालले फेसबुकमार्फत जानकारी दिए।

अन्तरिम सरकार गठनपश्चात् सबै कार्य कानुनानुसार भएको उनले स्पष्ट पारेका छन्। अनधिकृत प्रयोगका बारेमा नागरिकका रूपमा सबैजना चिन्तित हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com