काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रतिशोधको राजनीति हावी भए परिस्थिति अझ जटिल बन्ने चेतावनी दिएका छन् ।
‘नेपालमा जेन्जी आन्दोलनको नाममा जे भइरहेको छ, त्यसको निष्पक्ष र स्वतन्त्र छानबिन त हुनैपर्छ’ सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘छानबिनको नाममा यदि प्रतिशोधको राजनीति हावी भयो भने, सशक्त प्रतिवाद हुनेछ, परिस्थिति अझ जटिल बन्नेछ ।’
थाइल्याण्डमा थाक्सिन सिनवात्रामाथि गरिएको प्रतिशोधपूर्ण व्यवहारले राजनीतिक घाउ कहिल्यै निको नभएको उदाहरण उनले प्रस्तुत गरेका छन् ।
बर्मामा आङ सान सुकीलाई दशकौँ नजरबन्दमा राख्दा मुलुक आज हत्या र हिंसाको दलदलमा डुबेको उल्लेख गर्दै उनले भनेका छन्, ‘शासकले प्रतिशोधका आधारमा निर्णय गर्न थाल्यो भने परिणाम कहिल्यै शुभ हुँदैन ।’
प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया