काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ जेनजी आन्दोलनका घाइतेलाई भेट्न अस्पताल पुगेका छन् ।
नेता श्रेष्ठका अनुसार आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उनी आज अस्पताल पुगेका हुन् ।
‘चिकित्सक, नर्स तथा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाका कारण उहाँहरूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसअघि ४१ जना घाइते उपचारपछि घर फर्किसक्नुभएको छ भने हाल ५ जना विभिन्न वार्डमा उपचाररत हुनुहुन्छ ।’
नेता श्रेष्ठले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
‘साथै, उहाँहरूको सौर्यमय संघर्ष खेर जान नदिई त्यसलाई उपलब्धिमूलक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’ नेता श्रेष्ठले सामाजिक सञ्जालमै लेखेका छन् ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया