काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालको विपद्‌पूर्ण परिस्थितिमा सबै नागरिकलाई सचेत रहँदै जिम्मेवार ढंगले सहयोगमा जुट्न आह्वान गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘’भारी वर्षाले सिर्जित विपद्को यस घडीमा आम नागरिक, नेपाली कांग्रेसका साथीहरू तथा स्थानीय र प्रदेश तहका निर्वाचित प्रतिनिधिहरूले सरकारले जारी गरेका सूचना व्यापक रूपमा प्रचार–प्रसार गर्नुपर्छ। सम्भावित जोखिमका बीचमा आफ्नो सुरक्षासँगै उद्धार, राहत र सेवामा सक्रिय भूमिका खेल्न आवश्यक छ ।’

advertisement

थापाले पार्टीका कार्यकर्ताहरूलाई पनि पार्टीको निर्देशनलाई आत्मसात् गर्दै आफ्ना क्षेत्र र समुदायमा सक्रियरूपमा योगदान दिन अनुरोध गरेका छन्।

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com