काठमाडौं । टी–२० विश्वकप छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ ।

पहिला ब्याटीङ गरेको ओमान ११० रनमा समेटिएको थियो। नेपालले १११ रनको लक्ष्य ४ विकेट गुमाएर १७ ओभरमै पुरा गरेको हो। नेपालका लागि ओपनर आरिफ सेखले अर्धसतक प्रहार गरेका थिए।

advertisement

बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ तथा सन्दीप लामिछाने र सोमबार कामीले २\२ विकेट लिए।

ओमानमा अर्को अभ्यास खेल नेपालले सोमबार कतारसँग खेल्नेछ। ८ अक्टोबरदेखि छनोट खेल सुरु हुदैछ । तीन समुहमा नौ वटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदैछ। नेपालको समूहमा जापान र कुवेत छन्।

हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन्।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com