काठमाडौं । हालैको बाढीका कारण देशका विभिन्न स्थानका सडकमा भएको क्षतिको अवस्थाबारे जानकारी दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

आज आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनको सचिवालयले जनाएको छ ।

advertisement

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सडक क्षतिको अवस्था र त्यसका प्रभावबारे विस्तृत जानकारी दिने उल्लेख गरिएको छ ।

यसअघि लगातारको वर्षा र बाढीका कारण देशका विभिन्न राजमार्ग र ग्रामीण सडकमा क्षति पुग्दा यातायात सेवा पुर्णरुपमा प्रभावित भएको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com