काठमाडाैं । अविरल वर्षाका कारण रसुवामा बेपत्ता भएका चार जनाको खोजी कार्य जारी रहेको छ । मिति २०८२ आश्विन १७ गतेदेखि १९ गतेसम्म परेको लगातार वर्षाले गोसाईंकुण्ड गाउँपालिका-५, ड्याम साइड क्षेत्र प्रभावित बनेको थियो ।

ड्याम साइड इलाकातर्फ गएका १६ जनामध्ये १२ जनालाई नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको उद्धार टोलीले उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । बाँकी चार जना अझै बेपत्ता रहेका छन् ।

advertisement

बेपत्ताहरूको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका संयुक्त टोलीहरूले ड्याम साइड, भाङ्गे झरना लगायत पाँच वटा विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

सुरक्षाकर्मीहरूले निरन्तर खोजी कार्यलाई तीव्र पारेका छन् भने स्थानीय बासिन्दा र अन्य उद्धारकर्मीहरू पनि सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com