काठमाडौं । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ।
यूनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा सहभागी श्रीनाथ गण (शान्ति सेना) १४ औँ डफ्फालाई बदली गर्नका लागि नयाँ गोरख गण (शान्ति सेना) १५ औँ डफ्फाका जवानहरू मंगलबार मिसन इलाका प्रस्थान गरेका छन् । गणका १७५ जना शान्ति सैनिकहरूको अन्तिम टोली मिसन इलाका प्रस्थान गरेको हुन्।
यसैगरी, उक्त मिसनमा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए। हाल सुडान मिसनमा नेपाली सेनाका १७५७ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन्।
प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया