काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की र राजनीतिक दलसँग छलफल गर्ने भएका छन् । आज (शुक्रबार) अपराह्न ४ बजे शीतलनिवासमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्की र राजनीतिक दलहरुलाई छलफलमा बोलाएको बताइएको छ ।

राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । यसअघि हिजो (बिहीबार) प्रधानमन्त्री कार्की र सरकारका केही मन्त्रीहरुले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका थिए । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिसकेको छ ।

advertisement

प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com