काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा सरकारले गोली चलाउने आदेश कहिल्यै नदिएको स्पष्ट पारेका छन्।
शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री वा गृहमन्त्रीको निर्देशनमा गोली चलाइएको भन्ने चर्चा पूर्ण रूपमा निराधार रहेको बताए।
‘प्रधानमन्त्रीले वा गृहमन्त्रीले आदेश गरेको भन्ने हल्ला भइरहेको छ। तर त्यो कुरा सत्य होइन,’ उनले भने, ‘यस्तो कुनै आदेश सरकारबाट जारी गरिएको थिएन।’
लेखकले आन्दोलनको समयमा घुसपैठ भएको आशंका वास्तविक भएको पनि बताएका छन्।
उनका अनुसार, ‘घुसपैठ भएको कुरा मैले बनाएको होइन। प्रदर्शनका आयोजकहरूले नै त्यो विषय उठाएका थिए, र पछि त्यसको पुष्टि पनि भयो,’ उनले भने, ‘त्यसै कारणले घटना यति पीडादायी रूप लिन पुग्यो।’
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया